IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषले ल्यायो लघु कर्जा अतिरिक्त सुरक्षण योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ऋणीको मृत्यु, अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ।

भक्तपुर मा आज आयोजित एक कार्यक्रम बीच कोषले उक्त योजना सार्वजनिक गरेको हो। कार्यक्रममा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका लघु कर्जा विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

Esewa
Crest

कोषले घोषणा गरेको अतिरिक्त सुरक्षण योजनाले कोषको चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ सम्मको कर्जाको सुरक्षण गर्नेछ। योजनाले ऋणी तथा निजको पति पत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजनाको नष्ट हुँदा बाँकी कर्जाको शत प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ।

योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत थप सुरक्षण शुल्क तिर्नु पर्नेछ।सुरक्षण योजनाको व्यवस्थाले लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि प्रवाहित संस्थागत कर्जा शत प्रतिशत सुरक्षित भई कर्जाको सुरक्षणका लागि चल अचल सम्पत्तीको धितो लगायत अन्य सुरक्षण व्यवस्था गरिरहनु पर्ने झन्झट बैंक तथा वित्तीय संस्थाले लिनु नपर्ने अपेक्षा कोषले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS