IME Life New

ई-७ भिसामा दक्षिण कोरिया जाने प्रलोभनमा नपर्न वैदेशिक रोजगार विभागको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले ई–७ भिसामा दक्षिण कोरिया जाने प्रलोभनमा नपर्न सचेत गराएको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै हालसम्म आधिकारिक रुपमा ई–७ भिसामा पठाउने प्रक्रियास्वरुप कुनै पनि संस्थालाई पूर्वस्वीकृति दिने कार्य सुरु नभएको स्पष्ट पारेको छ। ‘हालका दिनहरुमा ई–७ भिसामार्फत दक्षिण कोरिया पठाइदिन्छु भनी गैरकानुनी रुपमा प्रचार गरी रकम असुली भइरहेको भन्ने सुन्नमा आएको छ, त्यसमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गणतन्त्र कोरियाबाट सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० संशोधनसहित अन्तिम स्वीकृत भएपछि कार्यान्वयनको चरणमा छ। त्यसैले हालसम्म कुनै पनि संस्थालाई ई–७ भिसामा कोरिया पठाउनका लागि पूर्वस्वीकृति दिइएको छैन।’

Esewa
Crest

यसैगरी कोरियास्थित नेपाली दूतावासबाट गत भदौ १७ गते प्रकाशित भएको विज्ञप्तिमा समेत हालसम्म ई–७ भिसाका लागि कार्यविधिमा उल्लेखित प्रक्रिया पूराा गरी मागपत्र प्रमाणीकरणका लागि कुनै पनि आवेदन नआएको जानकारी गराइएको छ। ‘तसर्थ कुनै पनि व्यक्ति वा संस्थाले सामाजिक सञ्जाललगायत अनाधिकृत तबरले ई–७ भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमो वा आश्वासन दिएमा त्यस प्रकारको प्रलोभनमा परी अनाधिकृत व्यक्ति वा संस्थालाई रकम बुझाउने काम नगर्न र नगराउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS