IME Life New

भ्रामक प्रचार सामग्री र बिचौलिया हटाउन वैदेशिक रोजगार विभागको ३ दिने अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिसम्बन्धी भ्रामक प्रचार सामग्री र बिचौलिया हटाउन ३ दिनको समयसीमा दिएको छ।

विभागले आज एक सूचना जारी गर्दै विभागले यस्तो अल्टिमेटम दिएको हो। ‘विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अन्य स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फाराम भरिन्छ’ वा त्यस्तै ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार–प्रसार गरी वैदेशिक रोजगारमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाका रुपमा समेत कार्य गर्ने भन्ने गुनासो प्राप्त भएपछि विभागले यो कदम चालेको हो।

Esewa
Crest

श्रम स्वीकृतिम्बन्धी कार्य प्रचलित कानुनबमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेको सूचना स्पष्ट पारिएको छ। श्रम स्वीकृति कार्यमा भ्रम सिर्जना गर्ने गरी हुने त्यस्ता लेखन तथा प्रचार–प्रसार बन्द गर्न विभागले चेतावनी दिएको छ।

विभागले त्यस्ता प्रचार–प्रसार गर्ने बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री चैत ३० गतेभित्र हटाउन सबै व्यवसायी, साइबर सेन्टर, संस्था तथा व्यक्तिलाई निर्देशन दिएको छ।

यो निर्देशनको पालना नगर्नेलाई वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS