IME Life New

डेनमार्कले कर्मचारीको अवकाश उमेर हद बढाएर ७० पुर्यायो, युरोपमै सबैभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपेली मुलुक डेनमार्कमा कर्मचारीको अवकाश उमेर हद बढाएर ७० वर्ष पुर्याइएको छ।

डेनमार्कको संसदले बिहीबार कर्मचारीको अवकाश उमेर हद बढाएर ७० वर्ष पुर्याउने विधेयक पारित गरेको हो। यो उमेर हद युरोपेली मुलुकहरुमै सबैभन्दा बढी हो।

Esewa
Crest

संसदका ८१ जना सदस्यले उमेर हद बढाउने विधेयकको पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए। पारित भएको यो उमेर हद सन् १९७० डिसेम्बर ३१ पछि जन्मिएका नागरिकमा लागू हुनेछ।

हाल डेनमार्कमा कर्मचारीको अवकाश उमेर ६७ वर्ष रहेको छ। तर, सन् १९६७ जनवरी १ पछि जन्मेका नागरिकको हकमा यो हद ६९ वर्षसम्म रहेको छ।

यो उमेर हद बनाउनुको मुख्य उद्देश्य भावी पुस्ताको जीवनस्तर सुधारका लागि रहेको डेनमार्कको रोजगार मन्त्रालयले जनाएको छ।

हाल डेनमार्कको जनसंख्या ६० लाख रहेको छ। जसमा ७ लाख १३ हजार नागरिक ६०–६९ वर्षभित्रका छन्। त्यस्तै ५ लाख ८० हजार नागरिक ७०–७९ वर्षभित्रका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS