IME Life New

करिब ४०%ले बढ्यो शेयर लोनको माग, बैंकहरुबाट १० महिनामा रु. ३५.४२ अर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म बैंकहरुबाट थप करिब साढे ३५ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट थप ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा वैशाखसम्म ३९.२ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

Esewa
Crest

वैशाखसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५३.३ प्रतिशतले बढेको छ।

यसैगरी वैशाखसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

गत असारको तुलनामा वैशाखसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २१.१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५.३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS