IME Life New

भारतमा तीव्र गतिमा बढ्दै साइबर इन्स्योरेन्सको माग, लगभग सबै पुराना ग्राहकले गरे नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा पछिल्लो समय साइबर इन्स्योरेन्सको माग द्रुत गतिमा बढ्दै गएको छ। त्यतिमात्रै होइन पुराना लगभग सबै ग्राहकले साइबर इन्स्योरेन्स नवीकरण गरेका छन्।

पोलिसीबजारका अनुसार बढ्यो साइबर जोखिम र नियामकीय अनुपालनका कारण भारतमा साइबर इन्स्योरेन्सको माग बढ्न थालेको हो। ‘यो ठूला व्यवसायहरुमा मात्र नभई एसएमई र उदीयमान उद्योगहरुमा पनि दिगो वृद्धिका लागि तयार छ’, पोलिसीबजार फर बिजनेसको दायित्व बीमा प्रमुख इभा साइवालले भने।

Esewa
Crest

पोलिसीबजारको प्रतिवेदनले भारतमा लगभग सतप्रतिशत साइबर इन्स्योरेन्स पोलिसी नवीकरण गरेका छन्। साइबर इन्स्योरेन्स ग्राहकमा विशेष गरेर बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ३५ प्रतिशतदेखि ४० प्रतिशतसम्म रहेका छन्। प्राविधिक र सूचना प्रविधिबाट ३० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी साइबर इन्स्योरेन्समा २५ प्रतिशत हिस्सा नवप्रवर्तक कम्पनीहरुको रहेको छ भने स्वास्थ्य सेवा प्रदायकको ५ प्रतिशत रहेको छ।

यसरी बैंक, फाइनान्स र बीमा कम्पनी तथा प्राविधिक कम्पनीबाट साइबर इन्स्योरेन्सको माग उच्च रहनुको मुख्य कारण बढ्दो साइबर जोखिम र नियामकीय प्रावधान रहेको पोलिसीबजारको प्रतिवेदनमा उल्लेख छ।

यसअघि भारतमा साना तथा मझौला उद्योग र नवप्रवर्तकले साइबर जोखिमलाई बेवास्ता गर्दै आएका थिए। तर, पछिल्लो समय बढ्दो साइबर जोखिमप्रति त्यस्ता कम्पनी र नवप्रवर्तक पनि सचेत हुन थालेको प्रतिवेदनमा उल्लेख छ।

त्यसो त साइबर इन्स्योरेन्सको माग बढ्दो क्रममा रहे पनि यसमा पर्ने दाबी पनि उल्लेख्य बढेको छ। भारतमा तथ्यांकसम्बन्धी प्रावधान उल्लंघनले हुने व्यापार अवरोधमा साइबर इन्स्योरेन्सको दाबी ४५ हिस्सा रहेको छ। त्यस्तै दाबीमा सामाजिक इन्जिनियरिङ आक्रमणको २५ प्रतिशत, रेनसमवायर घटनाको २० प्रतिशत र अन्य कारणको १० प्रतिशत हिस्सा रहेको छ।

भारतमा व्यापार अवरोध दाबीको प्रभुत्वले व्यापार निरन्तरता सुनिश्चित गर्न साइबर इन्स्योरेन्सको भूमिकालाई अझै महत्वपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS