IME Life New

निर्माण क्षेत्रमा हुन थाल्यो ऋणको माग, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय निजी क्षेत्रबाट घर निर्माणका काम तीव्र हुँदै गएका छन् भने सरकारीस्तरमा सडक र पूर्वाधारका आयोजनाहरुमा पनि गति बढेको छ। निर्माण क्षेत्रको यो सक्रियताले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाइरहेको छ। निजी क्षेत्रको लगानी विस्तारसँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि उल्लेखनीय वृद्धि भएको छ।

चालु आर्थिक वर्ष २०८१।८२ को साउनदेखि वैशाख मसान्तसम्ममा निजी क्षेत्रलाई प्रवाह गरिएको कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ। विशेषगरी निर्माण क्षेत्रमा मात्रै यो अवधिमा कर्जा प्रवाह १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा कुल ५५ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको हो। जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढी हो।

Esewa
Crest

बैंकबाट सस्तो ब्याजदरमा पाउने आवास कर्जाले पनि व्यक्तिगत घर निर्माणतर्फको लगानी बढाएको छ। गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र केही सक्रिय बनेको देखिएको छ। त्यसैको संकेतस्वरुप निर्माण क्षेत्रमा गत साउनमा ऋणात्मक अवस्थाबाट सुरु भएको कर्जा विस्तार वैशाखसम्म आइपुग्दा वृद्धि भएको छ। गत असार मसान्तसम्म २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा रहेकोमा वैशाख मसान्तसम्ममा यो २ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ।

विश्लेषकहरुका अनुसार ब्याजदरको क्रमिक गिरावट र निर्माण क्षेत्रको पुनः सक्रियताले अर्थतन्त्र चलायमान बनिरहेको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरुको लगानीको प्राथमिकतामा पनि निर्माण क्षेत्र परेको देखिन्छ।

निजी क्षेत्रमा कर्जा प्रवाहमा वाणिज्य बैंकहरुले अग्रता लिएका छन्। यस अवधिमा वाणिज्य बैंकहरुले ७.४ प्रतिशत, वित्त कम्पनीहरुले ६.५ प्रतिशत र विकास बैंकहरुले ४.१ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्।

ब्याजदर घट्दै जाँदा कर्जा मागमा सुधार

कर्जाको मागमा वृद्धि हुनुमा ब्याजदर घट्दै गएको प्रभाव पनि देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ वैशाखसम्म वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा झरेको छ। जुन अघिल्लो वर्ष १०.३४ प्रतिशत थियो। विकास बैंक र वित्त कम्पनीहरुको ब्याजदर पनि अघिल्लो वर्षको तुलनामा २–३ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेको भए पनि १० महिनामा मात्र ७.३ प्रतिशतको प्रगति हुनु लक्ष्यभन्दा कम हो। यो अवस्था विगतका वर्षहरुमा पनि देखिँदै आएको हो, जुन कर्जा प्रवाहको अपेक्षित गतिमा अझै चुनौती रहेको संकेत हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS