काठमाडौं । समर्पित पुनर्बीमा पुँजी सन् २०२५ मा लगभग ९ प्रतिशतले बढेर ६६० अर्ब डलर हुने अनुमान गरिएको छ। जुन वैकल्पिक पुँजीमा १० प्रतिशत वृद्धिले समर्थित हुनेछ।
गाय कारपेन्टरको सन् २०२६ जनवरीको नवीकरण प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। गाय कारपेन्टरका अध्यक्ष र सीईओ डिन क्लिसुराका अनुसार विशेषगरी वैकल्पिक पुँजी र विपत्ति बन्डमा यो पुँजी वृद्धिलाई अन्डरराइटिङ नाफा, कायम राखिएको आम्दानी, सम्पत्ति मूल्य पुनःप्राप्ति र बलियो लगानीकर्ताको चासोद्वारा समर्थित गरिएको छ। ‘व्यापार तनावले पुँजी प्रवाहलाई असर गरेको छैन र पुनर्बीमा बजार राम्रोसँग काम गरिरहेको छ’, उनले भने।
प्रतिवेदनअनुसार सन् २०२५ र २०२७ बीच पुँजीमा थप ५० अर्ब डलर वृद्धि हुने पनि पूर्वानुमान गरेको छ। सन् २०२५ मा कायम राखिएको आम्दानीले परम्परागत पुँजी वृद्धिलाई समर्थन गर्न मद्दत गरेको बताइएको छ। किनकि बीमा गरिएको विपत्ति घाटा १ वर्षमा १२१ अर्ब डलर थियो। जुन अमेरिकामा अनुकूल हावा मौसमका कारणले ५ वर्षको मुद्रास्फीतिसँग समायोजित औसतभन्दा १८ प्रतिशत कम हो।
गाय कारपेन्टरले सन् २०२३ जनवरी १ देखि लागू हुने दर र संलग्नक विन्दु समायोजनले नयाँ ढाँचा सिर्जना गरेको जनाएको छ। ‘यसले विपत्ति घाटाको पुनर्बीमा गरिएको हिस्सा २० प्रतिशत (सन् २०२२ र त्यसभन्दा अघि) बाट घटाएर १२ प्रतिशतको नयाँ औसतमा पुर्याएको छ’, प्रतिवेदनमा भनिएको छ। – एजेन्सीको सहयोगमा


















