IME Life New

भारतीय जनतालाई ठूलो राहात, स्वास्थ्य र जीवन बीमा करमुक्त गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले आफ्ना जनतालाई ठूलो राहात दिएको छ। वस्तु तथा सेवा कर परिषद (जीएसटी काउन्सिल)ले बुधबारको बैठकमा व्यक्तिगत स्वास्थ्य र जीवन बीमालेखलाई जीएसटीबाट पूर्ण रुपमा छुट दिने घोषणा गरेको हो।

परिषदको यो निर्णयलाई बीमा प्रिमियम सस्तो बनाएर भारतका करोडौँ नागरिकका लागि बीमा सुरक्षालाई अझ सुलभ र किफायती बनाउने दिशामा ऐतिहासिक कदम मानिएको छ।

Esewa
Crest

बैठकपछि पत्रकार सम्मेलनमा अर्थमन्त्री निर्मला सीतारमणले अबदेखि सबै व्यक्तिगत स्वास्थ्य र जीवन बीमा पोलिसी जीएसटीको अधीनमा नहुने जानकारी दिइन्। ‘अहिलेसम्म बीमा प्रिमियममा लगाइएको १८ प्रतिशत कर खारेज गरिनेछ’, उनले भनिन्।

यो निर्णय भारतको केन्द्री सरकारको ‘२०४७ सम्ममा सबैका लागि बीमा’को दृष्टिकोणसँग पूर्ण रुपमा मेल खान्छ। भारत सरकारको लक्ष्य देशका प्रत्येक नागरिकलाई बीमा सुरक्षा प्रदान गर्नु हो र यो कदम त्यस दिशामा ठूलो प्रोत्साहन हो।

बीमा प्रिमियम अब पहिलेको तुलनामा १८ प्रतिशतले सस्तो हुनेछ। सस्तो भएको कारणले गर्दा धेरै मानिस स्वास्थ्य र जीवन बीमा किन्न अगाडि आउनेछन्। साथै, ग्रामीण र कम आय भएका समूहमा बीमामा पहुँच बढ्नेछ। यसले स्वास्थ्य खर्चमा निर्भरता कम गर्नेछ र वित्तीय सुरक्षा बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS