IME Life New

नेपालीले विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिकः अध्यक्ष ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट आएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा यस्तो बताएका हुन्। ‘नेपालीलाई विदेशमा लगानी गर्न दिने बिषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको छ’, उनले भने, ‘समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको छ।’

Esewa
Crest

अध्यक्ष ढकालले राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैँ सरकारको साथमा रहेको बताए। ‘अब साधन–स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्छ’, उनले भने, ‘बजेटमा आएका कुराहरुलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।’

ढकालले खनिजजन्य र नदिजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। ‘केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन हुँदैन’, उनले भने।

यस्तै पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा ढकालले खुसी व्यक्त गरे। ‘तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक छ’, उनले भने।

बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष ढकालले लगानीकर्तालाई एकद्वारभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए।

अध्यक्ष ढकालले मौद्रिक नीति र बजेटबीच तालमेल मिलेमा उचित नतिजा आउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS