IME Life New

अमेरिकाको टेक्सासमा बाढीको कहर, मृतकको संख्या ५० नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको टेक्सासमा अचानक आएको बाढीमा ५१ जनाको मृत्यु भएको छ। यसमा १५ बालबालिका पनि छन्। टेक्सास प्रशासनले राहत र उद्धार कार्यका लागि ठूलो संख्यामा उद्धारकर्मी खटाएको छ।

टेक्सासको केर काउन्टी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। बाढीमा यस क्षेत्रमा ४३ जनाको मृत्यु भएको छ र ग्वाडालुप नदीको किनारमा रहेको क्रिश्चियन युवा शिविरबाट २७ जना बालिका बेपत्ता छन्।

Esewa
Crest

लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले हराइरहेका २७ जना बालिकामध्ये धेरै १२ वर्षमुनिका छन्।

केर काउन्टीका शेरिफ ल्यारी एल. लेथाले भने कि अधिकारीहरुले प्रत्येक व्यक्ति फेला नपरेसम्म खोजी अभियान जारी राख्नेछन्। अहिलेसम्म ८५० जनालाई उद्धार गरिएको छ।

ट्राभिस काउन्टी र टम ग्रीन काउन्टीसहित राज्यका अन्य भागमा पनि मृत्युको पुष्टि भएको छ। यस सप्ताहन्तसम्म धेरै ठाउँमा अचानक आएको बाढीको चेतावनी जारी रहनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले यस आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीसँग नजिकबाट काम गरिरहेको बताएका छन्।

मौसम विभागले आफ्नो पूर्वानुमानमा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसका कारण बाढी आउने सम्भावना पनि छ।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले यस क्षेत्रमा २ देखि ५ इन्च (५ देखि १२ सेन्टिमिटर) वर्षा हुन सक्ने बताएको छ। केही क्षेत्रमा १० इन्चसम्म वर्षा हुन सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS