IME Life New

ग्लोबल आइएमई समुन्नत योजना-२ मा आवेदन दिने म्याद लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’मा आवेदन दिने म्याद लम्बिएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यही असार २२ गतेदेखि यस योजनाका इकाइ खरिदका लागि आवेदन खुला गरेको थियो। यसको निष्कासन बन्द छिटोमा असार २५ गते हुने भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेका कारण अब यस योजनामा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। यो मितिभन्दा अघिसम्म पर्याप्त आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना जारी गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।

Esewa
Crest

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’सहितको व्यवस्था गरिएको छ। यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ।

योजना पूर्ण रुपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ। जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ।

मुख्य विशेषता

  • योजनाको प्रकारः बन्दमुखी योजना
  • फन्ड नामः ग्लोबल आइएमई म्युचुअल फन्ड
  • योजना नामःग्लोबल आइएमई समुन्नत योजना २
  • कोष आकारः प्रारम्भिक रु १.२० अर्ब (अत्याधिक माग भएमा रु. १.५० अर्बसम्म)
  • प्रतिइकाइ मूल्यः रु. १०
  • सर्वसाधारणमा निष्कासन गरिने इकाइः १२ करोड इकाइ
  • न्यूनतम लगानीः १०० इकाइ
  • अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाइ
  • योजना अवधिः इकाइ बाँडफाँट मितिदेखि १० वर्ष
  • लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
  • सूचीकरणः नेपाल स्टक एक्सचेन्जमा सूचीबद्ध
  • प्रारम्भिक लगानीः १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
  • व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
  • डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण

  • इक्विटीः इक्विटीसम्बन्धी साधनहरुः ७०–९० प्रतिशत (उच्च जोखिम)
  • ऋणपत्रः निश्चित आम्दानी साधनहरुः ०–१० प्रतिशत (मध्यम जोखिम)
  • फिक्स्ड डिपोजिट ०–१० प्रतिशत (न्यून जोखिम)
  • नगद आइपीओ अन्य म्युचुअल फन्ड ०–१० प्रतिशत (न्यून जोखिम)
  • लगानी गर्नुपर्ने कारण
  • व्यावसायिक व्यवस्थापन
  • विविधीकरण
  • सहजता र पहुँच
  • सस्तो लगानी
  • पारदर्शीता
  • कर छुट
  • लगानीकर्ता संरक्षण

लगानी प्रतिफल

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यसअनुसार योजनाका इकाइधनीले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन्।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ। क्यापिटलले यस योजनाका इकाइधनीलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन्। जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०।१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ। त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको छ। यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो। यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ। जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ।

यस योजनाको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सीडीएससीबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ प्लस रेटिङ प्रदान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS