IME Life New

डीएभी कर्पोरेट फुटसल प्रतियोगिता – २०२५ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। जुलाई ३० देखि अगस्ट २ सम्म चलेको यस प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गरेको थियो।

प्रतियोगितामा बैंकिङ, बीमा, ट्रेडिङ, आईटी, अटोमोबाइल र उत्पादन लगायतका विभिन्न क्षेत्रबाट आएका ३२ कर्पोरेट टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताअघि टोलीका कप्तानहरू, प्रबन्धकहरू तथा प्रतिनिधिहरूले डीएभी बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरी नेतृत्वको आयोजक समितिसँग छलफल गरेका थिए।

Esewa
Crest

प्रतियोगिताको भव्य उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग–शैक्षिक साझेदारीको महत्वबारे चर्चा गरे । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवासले स्वस्थ्य मस्तिष्क र शरीरका लागि खेलकुदको भूमिकामाथि जोड दिए ।

डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदलाई व्यावसायिक एकता र दृढताको माध्यमका रूपमा औपचारिक रूपमा प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा ३२ लिग खेल तथा १५ नकआउट चरणहरू पार गर्दै डिश होम र कोड हिमालयबीच फाइनल खेल रोमाञ्चक रुपमा सम्पन्न भयो। उक्त खेलमा डिश होम विजयी हुँदै रु १ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो। उपविजेता बनेको कोड हिमालयले रु ५५ हजार, ट्रफी र मेडल प्राप्त गर्‍यो। सहभागी सबै ३२ टोली, प्रायोजक तथा रेफ्रीहरुलाई पनि प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रतियोगिताले सहभागिहरूबीच व्यावसायिक सञ्जाल विस्तार, समूहगत भावना तथा स्वास्थ्य प्रवर्द्धनमा ठूलो सफलता प्राप्त गरेको छ। सहभागीहरूले आगामी संस्करणहरूमा सहभागी हुन उत्सुकता व्यक्त गरे।

डीएभी बिजनेस स्कुलले सम्पूर्ण सहभागी, अधिकारी, प्रायोजक, स्वयंसेवकहरू तथा विशेषगरी मुख्य साझेदारहरू ह्युमन रिसोर्सेज सोसाइटी नेपाल, सुजल डेरी सिप्रदी ट्रेडिङ र मुसकप्रति हार्दिक आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS