IME Life New

ट्रेड टावरको आइपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो ।

यो आइपीओ मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने भएको छ। कम्पनीले जारी गरेको ३२ लाख ९६ हजार ५०५ कित्ता शेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। जुन मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।

Esewa
Crest

यस बाँडफाँटमा जम्मा ३ लाख २९ हजार ६५० जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ ।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा आइपीओ निष्काशन गरेको थियो। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

9%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS