IME Life New

दार्चुला पावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दार्चुला पावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरका साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ। कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतीस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता अनुसार कम्पनीले अंकित मूल्य १ सय रुपैयाँ दरले ३० लाख कित्ता साधारण शेयर जारी गर्नेछ । जसको कुल मूल्य रु ३० करोड हुनेछ।

दार्चुला पावर लिमिटेड जलविद्युत् आयोजना विकास तथा सञ्चालनका लागि स्थापना गरिएको कम्पनी हो। यसले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको मार्मा गाउँपालिकास्थित चमेलिया खोलामा आधारित २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रन–अफ–रिभर प्रकारको सो आयोजना आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो। विद्युत् क्षेत्रमा स्थापित कम्पनीको रूपमा अपि पावरले यस आयोजनामा मुख्य शेयर स्वामित्व लिएको छ र परियोजना विकासका लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS