IME Life New

दराज नेपालद्वारा ‘फास्ट डेलिभरी’ सेवा प्रारम्भ, योग्य सामान अब अतिरिक्त शुल्कबिनै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘फास्ट डेलिभरी’ सेवा प्रारम्भ गरेको छ । यस नयाँ देशव्यापी सेवाअन्तर्गत योग्य सामानहरू खरिदकर्ता र विक्रेतालाई कुनै अतिरिक्त शुल्क नलिई पहिला भन्दा छिटो अर्डर डेलिभरी गरिनेछ । असार २६ गते नेपालमा सुरु गरिएको ‘फास्ट डेलिभरी’ सेवाले अनलाइन किनमेलको अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा नेपालको बढ्दो ई–कमर्स व्यवसायलाई थप सुदृढ बनाउने दराजको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

विक्रेताको उत्कृष्ट अर्डर व्यवस्थापन क्षमता र दराजको देशव्यापी लजिस्टिक्स सञ्जाललाई संयोजन गर्दै ‘फास्ट डेलिभरी’ ट्याग भएका सामानले समय र विश्वसनीयताका उच्च मापदण्ड निरन्तर कायम राख्ने सुनिश्चित गरिएको छ।

Esewa
Crest

सेवा सुरु हुँदाका अवस्थामा दराज नेपालमा हुने कुल अर्डरमध्य झन्डै ५०% अर्डर ‘फास्ट डेलिभरी’का लागि योग्य रहेका छन्। दैनिक उपभोग्य वस्तु, जनरल मर्चेन्डाइज, इलेक्ट्रोनिक्स तथा फेसनलका उत्पादन यस सेवाअन्तर्गत समेटिएका छन्, जसले दैनिक आवश्यकतादेखि जीवनशैलीसँग सम्बन्धित खरिदसम्म यसको व्यापकता देखाउँछ।

खरिदकर्ता र विक्रेतामाथि कुनै अतिरिक्त शुल्क नपर्ने गरी ‘फास्ट डेलिभरी’ सेवा उपलब्ध गराउन दराजले आफ्नो लजिस्टिक्स क्षमतामा रणनीतिक लगानी गरेको छ। यसले ग्राहकका लागि किनमेललाई किफायती र विक्रेताका लागि सेवा पहुँचयोग्य बनाउँदै यो सेवा सम्भव बनाएको हो।

दराज नेपालका प्रमुख लजिस्टिक्स अधिकृत सन्तोष बिस्टले भने, “हाम्रा ग्राहकले अहिले पहिलेभन्दा अझ छिटो र भरपर्दो अनलाइन किनमेल अनुभवको अपेक्षा गरिरहेका छन्, र ‘फास्ट डेलिभरी’ त्यही अपेक्षाको उत्तर हो। यो सेवाको शुभारम्भले नेपालको लजिस्टिक्स पूर्वाधारमा हाम्रो निरन्तर लगानी तथा देशको ई–कमर्स क्षेत्रप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। अझ उत्साहजनक कुरा के छ भने, २,५०० भन्दा बढी विक्रेता आफ्नो विद्यमान अर्डर व्यवस्थापन प्रदर्शनकै आधारमा यस सेवाका लागि योग्य भइसकेका छन्, जसले नेपालको ई–कमर्स प्रणालीको परिपक्वता र तयारीलाई स्पष्ट रूपमा देखाउँछ।”

‘फास्ट डेलिभरी’का लागि योग्यता
‘फास्ट डेलिभरी’ ट्याग कुनै प्रचारात्मक छनोटका आधारमा नभई तथ्यांकमा आधारित मूल्यांकन प्रक्रियाबाट प्रदान गरिन्छ। योग्य हुन दराज मार्फत विक्री हुने सामग्रीले निरन्तर ९० दिनको अवधिमा दुई प्रमुख मापदण्ड पूरा गर्नुपर्छ। पहिलो, विक्रेताले तोकिएको समयसीमाभित्र अर्डर पठाउनुपर्छ। दोस्रो, कम्तीमा ८० प्रतिशत डेलिभरी ४८ घण्टाभित्र ग्राहकसम्म पुग्नुपर्छ। योग्य उत्पादनहरूको सूची दैनिक अद्यावधिक गरिने भएकाले ग्राहकले सधैं हाम्रो प्रतिबद्धता पूरा हुने सामग्रीहरू मात्रै देख्न सक्नेछन्। हाल योग्य सामग्रीहरूको औसत सुरुदेखि अन्त्यसम्मको डेलिभरी समय ४२.७४ घण्टा रहेको छ, जुन ४८ घण्टाको प्रतिबद्धताभन्दा सहज रूपमा कम हो।

ग्राहकका लागि ‘फास्ट डेलिभरी’को अर्थ
ग्राहकले किनमेल प्रक्रियाभर ‘फास्ट डेलिभरी’ सेवा सजिलै देख्न सक्नेछन्। खोज परिणाम, सिफारिस गरिएका सामाग्रीहरु तथा सामाग्रीहरुको विवरण पृष्ठमा विशेष ‘फास्ट डेलिभरी’ ट्यागमार्फत योग्य सामाग्रीहरु पहिचान गर्न सकिनेछ। साथै, नयाँ खोज फिल्टरमार्फत ग्राहकले ‘फास्ट डेलिभरी’का लागि योग्य उत्पादन मात्र हेर्न सक्नेछन् भने उत्पादन पृष्ठमा अझ यथार्थपरक अनुमानित डेलिभरी मिति पनि देखाइनेछ।

दराज नेपालका प्रमुख व्यावसायिक अधिकृत रतिश लुइँटेलले भन्नुभयो, “नेपालभरका ग्राहकका लागि अनलाइन किनमेललाई अझ सहज र भरपर्दो बनाउने हाम्रो अभियानमा ‘फास्ट डेलिभरी’ अर्को महत्वपूर्ण उपलब्धि हो। उत्कृष्ट अर्डर व्यवस्थापन प्रदर्शन गर्ने विक्रेतालाई थप दृश्यता प्रदान गरेर हामीले खरिदकर्ता र विक्रेता दुवैका लागि मूल्य सिर्जना गरिरहेका छौँ। यस पहलले उत्कृष्ट सञ्चालन क्षमतालाई प्रोत्साहन दिनुका साथै विक्रेताको प्रतिस्पर्धात्मक क्षमता सुदृढ बनाउँछ र नेपालको ई–कमर्स क्षेत्रप्रति दराजको दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।”

नेपालको अग्रणी ई–कमर्स प्लेटफर्मका रूपमा दराजले देशभरका लाखौँ ग्राहकका लागि अनलाइन किनमेललाई अझ पहुँचयोग्य, भरपर्दो र सहज बनाउन प्रविधि, लजिस्टिक्स तथा विक्रेता सशक्तीकरणमा निरन्तर लगानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS