काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसापासका जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षतिमा सहयोग प्रदान गरेको छ । यस विपद्प्रति सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड परिवारले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको हो ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट ५ लाख र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३ लाख ६१ हजार ६९४ रुपैयाँ गरी जम्मा ८ लाख ६१ हजार ६,९४ रुपैयाँ सहयोग प्रदान गरेको छ ।












