IME Life New

साइबर जोखिमः अन्य एसियाली बजारभन्दा भारतीय कम्पनीले बढाउँदै बीमाको प्रयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बढ्दो साइबर जोखिम,  तथ्याङ्क गोपनीयता नियम र सम्पत्ति जोखिमका कारण भारतीय कम्पनीहरुले बीमा र जोखिम स्थानान्तरण उपकरणहरुको प्रयोग बढाइरहेका छन्।

वैश्विक पुनर्बीमा समूह, एओनको २०२५ ग्लोबल जोखिम व्यवस्थापन सर्वेक्षण अनुसार सन् २०२५ मा साइबर आक्रमण र डाटा उल्लंघन भारतीय फर्महरुका लागि शीर्ष जोखिम रहने पाइएको छ। यो सर्भेक्षणमा ६३ देशका झण्डै ३ हजार कार्यकारी समावेश थिए।

Esewa
Crest

भारत र विदेशमा कडा नियमहरुले तथ्याङ्क गोपनीयता सम्बन्धि मापदण्ड र गैरअनुपालनका बारेमा चिन्ताहरु पनि बढाएको छ। अन्य एसियाली बजारहरुभन्दा भारतमा सम्पत्ति क्षति, विनिमय दर उतारचढ़ाव र व्यापार अवरोधका धेरै घटना बाहिर आएका छन्।

भारतीय कम्पनीले आफूहरुले बीमा गर्ने मुख्य जोखिमहरुसँग सम्बन्धित महत्वपूर्ण वित्तीय नोक्सानी रहेको उल्लेख गरेका छन्। लगभग ७८ प्रतिशत उत्तरदाताले सम्पत्ति क्षतिका कारणले गर्दा उनीहरुले नोक्सानी व्यहोरेको बताए। अन्य ४६ प्रतिशतले व्यापार अवरोधका कारणले नोक्सानी व्यहोर्न बाध्य भएको बताए।

विनिमयदर उतारचढ़ावले ६४ प्रतिशत कम्पनीलाई असर गरेको थियो। नगद प्रवाहको दबाब र प्रतिभा समस्याहरुले पनि लगभग आधा उत्तरदाताहरुका लागि नोक्सानी निम्त्यायो।

प्रतिक्रियामा धेरै कम्पनीहरुले आफ्नो बीमा र जोखिम व्यवस्थापन कार्यहरुलाई औपचारिक बनाउँदै गरेको बताएका छन्। ७० प्रतिशतसँग अहिले समर्पित जोखिम र बीमा विभाग छन् । त्यस्तै ६५ प्रतिशतमध्ये धेरैले बढ्दो बीमा खर्चमा ध्यान केन्द्रित गर्दै आफ्नो बीमा जोखिमको कुल लागत मापन गरेका छन्।

सर्भेक्षणमा सहभागी ९० प्रतिशतभन्दा बढीले औपचारिक समीक्षा र साइबर र सम्पत्ति जोखिमहरुका लागि योजना बनाइरहेको बताएका थिए ।

क्याप्टिभ बीमाको प्रयोग बढ्दै गएको छ। करिब ९२ प्रतिशत उत्तरदाताले भनेका छन्, ‘हामीले वित्तीय लचिलोपन सुधार गर्न र जोखिम स्थानान्तरणलाई समर्थन गर्न क्याप्टिभहरुलाई विचार गरिरहेका छौँ।’

भारतीय व्यवसायहरु २०२८ सम्म साइबर जोखिम सूचीको शीर्षमा रहने अनुमान गरिएको छ। कृत्रिम बुद्धिमता (एआई) सँग सम्बन्धित जोखिमहरु प्रमुख चिन्ताका रुपमा देखा परिरहेका छन्।

आर्थिक मन्दी, व्यापार अवरोध र जलवायुसँग सम्बन्धित जोखिमहरुले आगामी वर्षमा बीमाको आवश्यकता र मूल्य निर्धारणलाई पनि असर गर्न सक्ने एओनको प्रतिवेदनमा टिप्पणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS