काठमाडौं । सरकारले २७३ प्रकारका कच्चापदार्थमा भन्सारदर घटाएको बताएको छ । संघीय संसदको दुवै सदन संयुक्त बैठकमा आज चालु आर्थिक वर्ष २०८३।८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
त्यस्तै, औधगिक कच्चा पदार्थको भन्सारदर महसुल तयारी माल बस्तुभन्दा कम्तिमा १ तह न्युन हुनेगरी २७३ प्रकारका कच्चापदार्थमा भन्सारदर घटाएको छ ।
त्यसैगरी विद्यामान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरिएको छ । हाल ३६० बस्तुमा लागि आएको अन्तशुल्क खारेज गरिएको छ । भन्सार विन्दुमा संकलन हुने पुर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकिकृत गरी हरित करमा समाहित गरिएको छ ।












