IME Life New

इभीको आयातमा बढेन भन्सार महशुल, हाइब्रिडमा पनि पुरानै दर

SPIL
काठमाडाै अनामनगरस्थित जग्गामा थन्किएका एमजीका विद्युतीय कार
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विद्युतीय उर्जा अर्थात् ब्याट्रीबाट चल्ने सवारी साधनको आयातमा भन्सार महशुल तथा अन्य कर वृद्धि गर्ने पूर्वानुमानका बीच करका दरहरू यथावत राखेको छ।

आगामी आर्थिक वर्ष २०८२।८३ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद बैठकमा पेश गरेको बजेट तथा कार्यक्रममा विद्युतीय सवारी तथा हाइब्रिड(पेट्रोलियम इन्धन र ब्याट्री दुबैबाट चल्ने) सवारी साधनको आयात महशुल सम्बन्धमा कुनै फेरबदलको घोषणा गरेनन् । यो सँगै चालू आव २०८१।८२ मा आर्थिक ऐनमार्फत लागू गरिएको करको दरहरू नै आगामी आवका लागि पनि निरन्तर हुने भएको छ।

Esewa
Crest

सरकारले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन पूर्वाधार निर्माणलाई भने प्रोत्साहित गर्ने नीति लिएको छ। अर्थमन्त्री पाैडेलले बजेट भाषणमा चार्जिङ मेशिन उत्पादन तथा जडान गर्ने उद्योगका लागि आवश्यक उपकरण पैठारीमा एक प्रतिशत भन्सार महशुल लिई अन्य कर महशुल नलाग्ने व्यवस्था गरिने घोषणा गरे। साथै यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने समेत जानकारी गराए।

भन्सार महशुल तथा अन्य कर वृद्धि हुने पूर्वानुमानका बीच आयातकर्ताले गत चैत्र महिना यता ठूलो संख्यामा विद्युतीय सवारी साधन भित्र्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS