IME Life New

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दोलखा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्थानीय तहको सहभागितामा निर्माण सम्पन्न उक्त सङ्ग्रहालय पर्यटन तथा सांस्कृतिक संरक्षणको महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशले निर्माण गरेर अलपत्र रहेका कुनै पनि संरचना अव उपभोगमा ल्याउन मन्त्रालय लागि परेको बताए । उनले दोलखाको यो संग्राहलय सञ्चालनमा ल्याउन सकेका खण्डमा नेपालमा मुद्राका खोज अनुसन्धान कर्ता तथा अवलोकन कर्ताहरूको लागि एक उपयुक्त गन्तव्यका रूपमा विकास हुने समेत जनाए ।

Esewa
Crest

यस्तै पूर्वाधार हस्तान्तरणमा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले संग्राहलय भोलीका दिनमा पर्यटकको लागि अध्ययन तथा अवलोकनको गन्तव्य हुनेमा आफूहरू विश्वस्त भएको बताए ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका मन्त्री सुरेश श्रेष्ठ, मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी तथा आयोजना इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईँको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उनीहरूले सङ्ग्रहालयले दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान उजागर गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उक्त सङ्ग्रहालय भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत तथा वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नगर प्रमुख मानन्धरले सङ्ग्रहालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यटन विकासमा उपयोग गरिने बताए ।

कार्यक्रममा वक्ताहरूले नेपालका पुराना मुद्राहरू, ऐतिहासिक सिक्का तथा आर्थिक इतिहासलाई संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको उल्लेख गरेका थिए । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहले सङ्ग्रहालयलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक योजना बनाउने जनाएको छ। साथै, यसलाई दोलखा भ्रमणको प्रमुख आकर्षणका रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS