IME Life New

काठमाडाैंको तीनकुने कोटेश्वर क्षेत्रको कर्फ्यु हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजावादीको आन्दोलनमा हिंसा भड्किएपछि घोषणा गरिएको कर्फ्यु शनिबार बिहान ७ बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन हिंसात्मक बन्दै गएपछि शुक्रबार अपरान्ह ४ः३० बजेदेखि तीन कुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अवस्था सहज बन्दै गएकाले शनिबार बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको विज्ञप्तीमार्फत जानकारी दिएको छ।

Esewa
Crest

यसैबीच प्रदर्शनीका क्रममा हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ५१ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसरका काठमाडाैंका अनुसार  २ जनाको ज्यान जाने गरी भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी तर्फ ५३ र सशस्त्र प्रहरी तर्फ २२ जना, प्रदर्शनकारीतर्फ ३२ जना घाइते भएका छन् ।

मन्त्री परिषदको शुक्रबार साँझ सम्पन्न बैठकले प्रदर्शनका क्रममा घाइतेहरूको निःशुल्क उपचार व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS