IME Life New
GBIME

क्युरेक्स फर्मास्युटिकल्सको औषधी गुणस्तरमा पटक पटक फेल, सरकारी बोलपत्रमा भने सधैं उत्कृष्ट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बनेपाको जनागलमा अवस्थित क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको औषधी गुणस्तरहीन भएको भन्दै औषधी व्यवस्था विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

विभागले प्रयोगशालामा परिक्षणका क्रममा क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको प्यान्टालक(PANTALOC) ब्राण्डको औषधी गुणस्तर मापदण्ड परिक्षणमा फेल भएको जानकारी दिएको छ।

Crest

गत जेठ ६ गते पनि ‘पोभिन (पोभिडोन आयोडिन)’ नामको औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो।

पाँच वर्षको अवधिमा १२ पटक यो उद्योगको औषधी गुणस्तरहीन प्रमाणित भइसकेको छ। पटक पटक जनस्वास्थ्यसँग गम्भीर खेलवाड गरेपनि उद्योग सञ्चालकले गुणस्तरहीन औषधी उत्पादनलाइ निरन्तरता दिंदै आएका छन् ।

विभागका अनुसार,पेन्टाप्राजोल ट्याबलेटका रूपमा बिक्री वितरण गरिएको प्यान्टालकले विघटन परिक्षणका क्रममा आइपी २०२२ अन्तर्गतको मापदण्ड पुरा गर्न नसकेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो।

विभागले असार १६ गते उद्योगका नाममा सार्वजनिक सूचना प्रकाशन गर्दै  औषधी ऐन २०३५ बमोजिम तत्काल प्रतिबन्धको साथै  परिक्षण गरिएको ब्याचको औषधी प्रयोगशाला परिक्षण तथा मापदण्ड पुरा गर्न असफल हुनुको मुख्य कारक विश्लेषण प्रतिवेदन (फेल्युअर रूट कज एनालिसिस इन्भेष्टिगेशन रिपोर्ट ) सहितको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ।

पटक पटक गुणस्तर जाँचमा फेल, जनस्वास्थ्यसँग खेलवाडः

औषधि व्यवस्था विभागले यसअघि पटक पटक गर्दै ५ वर्षको अवधिमा क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका ११ वटा औषधि न्यून गुणस्तरको भन्दै बिक्री वितरण गर्न रोक लगाइ सकेको छ।

२ वर्षअघि क्यूरेक्सको एउटा औषधिको बिक्री प्रमाणपत्र नै रद्द भएको छ। विभागले २७ मंसिर २०७९ मा क्यान्सर, मिर्गाैलाको रोगबाट समस्या भएका व्यक्तिलाई दिइने एस्कर्बिक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) नामक औषधि गुणस्तरहीन रहेको विक्री वितरण प्रमाणपत्र रद्द गरेको थियो।

२०८१ माघ २१ गते क्यूरेक्सले बनाएको क्याल्सियम र भिटामिन डी तोकिएको स्तर बमोजिम नभएको भन्दै विभागले बिक्री गर्न रोकेको थियो। क्यूरेक्सका औषधि न्यून गुणस्तरीय हुनुका साथै एउटै औषधि पटकपटक गुणस्तर फेल भएको पाइएको छ।

यसअघि २०७८ फागुन  २ गते क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको भिटामिन सी चक्की Myvit-C लाई विभागले बिक्रीमा रोक लगाएको थियो । २०७७ पुष २२ गते क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टि एम एलको मोन्टेलुकास्ट औषधिको बिक्री वितरणमा विभागले प्रतिबन्ध लगाएको थियो। मोन्टेलुकास्टको प्रयोग श्वासप्रश्वासको कठिनाई हुँदा प्रयोग गरिन्छ ।

२०७५ माघ १८ गते  क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेको थियो। २०८२ जेठ ६ गते पनि यो औषधि गुणस्तरहीन फेला परेको भन्दै औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ।

सर्वाधिक गुणस्तरहीन, सर्वाधिक ठेक्काः

विभागको तथ्यांक अनुसार क्यूरेक्स फर्मास्युटिकल्स प्रालि सबैभन्दा धेरै बजारबाट फिर्ता गरिने औषधि कम्पनीमा पर्छ। पटक पटक संवेदनशील जनस्वास्थ्यसँग खेलवाड गरेपनि विभागले यो उद्योगको उत्पादन बन्द गराउन सकेको छैन।

क्युरेक्स फर्मास्युटिकल्स विशेषगरी स्वास्थ्य मन्त्रालय तथा नेपाल सरकारबाट आह्वान हुने बोलपत्रमा ज्यादै मूल्यमा औषधी आपूर्तीको काममा सहभागी हुँदै आएको छ। गुणस्तरहीन औषधि उत्पादन गर्दा सस्तो पर्ने भएकाले यो कम्पनीले सरकारी बोलपत्रहरूमा सधैं ‘अब्बल’ भएर टेण्डर हात पार्दै आएको छ।

आर्थिक वर्ष २०७५।७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षणका क्रममा क्युरेक्स फर्मास्युटिकल्स सहित नाै वटा उद्योगबाट उत्पादित औषधि गुणस्तरहीन फेला पारेको थियो। यी औषधिहरू नेपाल सरकारले गरिब तथा विपन्न वर्गलाई निःशुल्क वितरण गर्दै आएको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS