काठमाडौं । इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमण र त्यसपछि इजरायली वायुसेनाको प्रतिशोधपछि सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य बढेको छ। अप्रिलमा इरान र इजरायल–अमेरिकाबीच भएको कमजोर युद्धविराम सम्झौतापछि इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको यो पहिलो पटक हो।
विश्वव्यापी बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य २.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९५.५० डलर पुगेको छ। यसैबीच अमेरिकी कच्चा तेल २.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.७५ डलर पुगेको छ।
अप्रिलमा युद्धविराम सम्झौता भएदेखि ऊर्जाको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। गत हप्तादेखि तेलको मूल्य प्रतिब्यारेल ९५ डलरको आसपास रहेको थियो। –एजेन्सी












