काठमाडौं । इरान समर्थित हुथी विद्रोहीहरुले पश्चिम एसियामा नयाँ मोर्चा खोलेका छन्। उनीहरुले लाल सागरमा साउदी अरबका जहाजहरुलाई निशाना बनाइरहेका छन्। यसले होर्मुजमा र त्यसबाट हुने ढुवानीलाई असर गरेको छ।
पछिल्लो एक हप्तामै कच्चा तेलको मूल्य १० प्रतिशतले बढेको छ। जुन मे महिनापछि पहिलोपटक प्रतिब्यारेल १०० डलर नाघेको थियो। यद्यपि, हप्ताको अन्तिम व्यापारिक दिन शुक्रबार मूल्य ४ प्रतिशतले घटेको थियो।
हप्ताको अन्तिम कारोबार दिन ब्रेन्ट क्रुडको मूल्य ३.८८ अर्थात् ३.९१ डलरले घटेर प्रतिब्यारेल ९६.७८ डलरमा बन्द भएको छ। त्यस्तै, अमेरिकी डब्ल्यूटीआई क्रुडको मूल्य ३.१२ प्रतिशत अर्थात् २.८८ डलरले घटेर प्रतिब्यारेल ८९.३१ मा बन्द भएको छ।
विज्ञहरुका अनुसार यदि पश्चिम एसियाको अवस्था सुधार भएन भने कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ।












