काठमाडौं । साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने सरकारले घोषणा गरेको छ ।आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गदै राष्ट्रपती रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्न बीमालेख जारी, प्रिमियम भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने जनाइएको छ । बीमा पशुुस्वास्थ्य सेवा र व्यवसायीकरण मार्फत पशुपालन क्षेत्र सुदृढ गरिने सरकारले घोषणा गरेको छ ।












