IME Life New

क्रिकेटः यी भुटानी खेलाडीले टी-२० मा रचे इतिहास, केवल ७ रन दिएर लिए ८ विकेट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भुटानका बाँया हाते स्पिन बलर सोमन येशीले म्यानमारविरुद्धको टी–२० मा ८ विकेट लिएर इतिहास रचेका छन्। उनी टी–२० मा ८ विकेट लिने विश्वकै एकमात्र बलर बनेका छन्।

२२ वर्षीय सोमनले आफ्नो ४ ओभरमा केवल ७ रन दिए र म्यानमारको शीर्ष क्रमलाई पूर्ण रुपमा ध्वस्त पारे। पहिले ब्याटिङ गर्दै भुटानले म्यानमारलाई १२७ रनको लक्ष्य दिएको थियो तर जबाफमा म्यानमार ४५ रनमा अलआउट भयो।

Esewa
Crest

यससँगै भुटानले ५ खेलको टी–२० शृंखला ५–० ले जित्यो। सोमन येशीले यस शृंखलामा कुल १३ विकेट लिए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार टी–२० खेलमा अहिलेसम्म कुल ६ बलरले ७ विकेट लिएका छन्। यीमध्ये २ पुरुष खेलाडी छन् भने ४ महिला खेलाडी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS