IME Life New

क्रिकेटः आयोजक जारी प्रतियोगिता छाडेर भागेपछि खेलाडीको बिचल्ली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कश्मीरमा निजी क्रिकेट लिगलाई लिएर विवाद उत्पन्न भएको छ। आयोजकहरुले प्रतियोगिता बीचैमा त्यागेको आरोप छ।आयोजकमाथि खेलाडी र सहयोगी कर्मचारीलाई उनीहरुको भुक्तानी बिना छोडेर होटलको बिल पनि नतिरेको आरोप लागेको छ।

इन्डियन हेवन प्रिमियर लिग (आईएचपीएल) युथ सोसाइटी अफ पञ्जाब भनिने गैरनाफामुखी संस्थाद्वारा आयोजना गरिएको थियो। क्रिकेट लिगको सफल सुरुआत भएको थियो। क्रिस गेल र डेभन स्मिथजस्ता अन्तर्राष्ट्रिय स्टारहरुले उद्घाटन खेलहरुमा भाग लिएका थिए। जसले गर्दा स्थानीय खेलाडीहरुलाई यी क्रिकेट दिग्गजहरुसँग अन्तक्र्रिया गर्ने अवसर मिलेको थियो।

Esewa
Crest

केही खेलहरु पछि प्रतियोगिता रोकिएको थियो। होटल मालिक र खेलाडी आफ्नो भुक्तानी प्राप्त गर्न संघर्ष गरिरहेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुबाट आइरहेका छन्।

गत नोभेम्बर १ को रातमा आयोजकहरु अचानक कश्मीर छोडेको आरोप छ। त्यतिबेला केवल १२ खेलहरु खेलिएका थिए। लिग अक्टोबर २५ मा सुरु भएको थियो र नोभेम्बर ८ सम्म चल्ने तालिका थियो।

आयोजकहरु किन फर्किए भन्ने कुरा अझै स्पष्ट नभए पनि स्थानीय खेलाडीहरुले लिगका खेलहरुले राम्रो प्रतिक्रिया नपाएको बताएका छन्। खेलहरुमा २५ हजारदेखि ३० हजार मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो। तर त्यस्तो भएन।

यसैबीच प्रहरीले ठगी र विश्वास उल्लंघनको मुद्दा दायर गरिएको र अनुसन्धान सुरु भएको जनाएको छ। स्थानीय क्रिकेटरहरुका अनुसार क्रिस गेलले खेलेको पहिलो खेलमा केवल ४००–५०० मानिस उपस्थित थिए। आयोजकले टिकटको मूल्य एक तिहाइले घटाए तर दर्शन बढेनन्।

लिग अचानक रोकिनुले स्थानीय क्रिकेटरमा क्रोध र निराशा निम्त्याएको छ। पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर परवेज रसुलले यो घटनालाई दुर्भाग्यपूर्ण भने र यसले कश्मीर उपत्यकाका नवोदित क्रिकेटरहरुको मनोबल घटाएको बताए। उनले अवस्थाका लागि खराब व्यवस्थापनलाई दोष दिए।

स्थानीय क्रिकेटर आबिद नाबी आफ्नो तीव्र बलिङका लागि परिचित छन्। उनले ‘यो लिग स्थानीय खेलाडीका लागि अन्तर्राष्ट्रिय क्रिकेटरहरुसँग ड्रेसिङ रुम साझा गर्ने र अनुभव प्राप्त गर्ने उत्कृष्ट अवसर हुन सक्थ्यो।’

दुई हप्ताभन्दा बढी समयदेखि आयोजकहरुले लिगको प्रचार गर्न होर्डिङ र पोस्टरहरु राखिरहेका थिए। लिगमा जम्मु कश्मीर र लद्दाख क्षेत्रका आठ टोली थिए। जसमा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीको प्रतिनिधित्व गर्थे।

श्रीनगरको रेडिस कलेक्सन होटलका एक कर्मचारीले सीसीटीभी फुटेज देखेपछि आफूहरु ‘स्तब्ध’ भएको बताए। फुटेजमा आयोजकहरु मध्यरातमा होटलबाट भागेको कथित रुपमा देखाइएको थियो।

होटल सञ्चालकले आंशिक भुक्तानी मात्र पाएको गुनासो पोखे। होटलले धेरै पटक आयोजकलाई सम्पर्क गर्ने प्रयास गर्यो तर कुनै फाइदा भएन।

इंग्ल्यान्डका अम्पायर मेलिसा जुनिपरले आयोजकहरु भागेपछि लगभग ३ घन्टासम्म धेरै खेलाडीहरु होटलभित्र फसेको बताइन्। जुनिपरले भने, ‘हामीले होटल व्यवस्थापनसँग खेलाडीहरुलाई उनीहरुको घर फर्किन अनुमति दिन सम्झौता गरेका छौँ।’

होटलमा उपस्थित लगभग ४० स्थानीय र विदेशी खेलाडीहरुले अझैसम्म लगभग ५० लाख रुपैयाँ भुक्तानी नपाएको गुनासो गरेका छन्।

यसैबीच कश्मीर प्रशासनले लिग आयोजना गर्ने कुनै पनि जिम्मेवारी अस्वीकार गरेको छ। जम्मु कश्मीरका डिभिजनल कमिश्नर अंशुल गर्गले प्रशासनको भूमिका कार्यक्रम र स्थलका लागि स्वीकृति प्रदान गर्नमा सीमित रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS