IME Life New

बीमा प्राधिकरणको अध्यक्ष छान्न मन्त्री परिषदले गठन गर्‍यो सिफारिश समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयनका लागि तीन सदस्यीय सिफारिश समिति गठन गरेको छ।

भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन् ।

Esewa
Crest

कार्य अनुभव सम्बन्धि योग्यता नपुगेको भन्दै मन्त्री परिषद बैठकले भदौ २ गते प्राधिकरणका तत्कालिन अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको थियो। गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो।

ओझाको नियुक्तिका बेला पनि सिफारिश समितिको संयोजक डा. अधिकारी नै रहेका थिए। डा. अधिकारी नेतृत्वको सिफारिश समितिले ओझाको कार्य अनुभव सम्बन्धि कागजातको पर्याप्त अध्ययन अनुसन्धान गर्न चुक्ता फर्जी योग्यताकै नियुक्ति पाएका थिए।

ओझाको बर्खास्ती पछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सरकारले कामचलाउ अध्यक्षको जिम्मेवारी तोकेको छ।

प्राधिकरणको अध्यक्ष पदावधि पुरा हुनु अगावै पदमुक्त भएको अवस्थामा काम चलाउ वा अन्तरिम अध्यक्ष तोक्ने सम्बन्धमा बीमा ऐन २०७९ मा प्रावधान नै छैन। ऐनमा काम चलाउ अध्यक्ष नियुक्ति सम्बन्धमा कुनै व्यवस्था नभएपनि मन्त्री परिषदले अर्थमन्त्रालयको प्रतिनिधित्व गर्ने प्राधिकरणको बोर्ड सदस्यलाई अध्यक्ष तोक्दै आएको छ।

ऐनमा भएको कमजोरी सच्याउनका लागि अर्थमन्त्रालयले संशोधनका लागि अझैसम्म पनि पहल गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS