IME Life New

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको प्रकरणमा अख्तियारले बिहीबार विशेष अदालतमा अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अदालतमा मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

Esewa
Crest

अख्तियारले अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ। यही प्रकरणमा अख्तियारले अध्यक्ष नेपालसहित पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

नेपाल २०६६ सालमा प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। त्यसपछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS