IME Life New

हिरासतमा रहेका लाइफ इन्स्योरेन्स अध्यक्ष विरूद्ध थप भ्रष्टाचारको खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार सम्बन्धि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बंगलादेशको फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष नजरुल इस्लामविरूद्ध थप भ्रष्टाचारको मुद्दामा अनुसन्धान शुरू गरिएको छ।

बंगलादेशमा भ्रष्टाचार विरोधी आयोगले फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष नजरुल इस्लाम र निर्देशक एमए खालेक विरुद्ध ठगीको माध्यमबाट बीमितबाट थप १३ करोड ७१ लाख टाका (१५ करोड ८१ लाख नेपाली रूपैयाँ) हिनामिना गरेको आरोपमा अर्को अनुसन्धान शुरु गरेको छ। 

Esewa
Crest

आयोगको मुख्य कार्यालयले हालै उनीहरूको मुद्दाको अनुसन्धान गर्ने निर्णय गरेपछि अधिकारीहरूलाई नियुक्त गरेको ढाका ट्रिब्युनले लेखेको छ।  आयोगले अक्टोबर २३ मा नजरुल इस्लामलाई पक्राउ गरेपछि अदालतको आदेशमा उनी हाल पुर्पक्षको लागि थुनामा छन्।

आयोग स्रोतले फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष इस्लाम र निर्देशक एमए खालेकले अन्य अधिकारीहरूसँग मिलेर जालसाजी र ठगी मार्फत नक्कली भौचर बनाएर १६ वटा नगद चेक मार्फत बीमा कोषको झण्डै १३ करोड ७१ लाख टाका हिनामिना गरेको बताएको छ।

यसअघि, जुलाई ३१ मा, एसीसीले फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष इस्लाम र प्रबन्ध निर्देशक सहित २४ जना विरुद्ध कम्पनीको सम्पत्ति खरिद गर्ने नाममा ४५ करोड टाका (रुपैयाँ) हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको थियो। कम्पनीका उपनिर्देशक सैयद अताउल कबीरले वादीको रूपमा मुद्दा दायर गरेका थिए।

मुद्दाका अन्य अभियुक्तहरूमा फारेस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष इस्लामकी श्रीमती तस्लिमा इस्लाम, पूर्व प्रबन्ध निर्देशक मोहम्मद हेमायत उल्लाह र पूर्व सञ्चालक सहित ३० जना  उच्च पदस्थ अधिकारीहरू छन् ।

मुद्दामा, संस्थाको नाममा ३३.५६ प्रतिशत स्वामित्व रहने गरी जग्गा र भवन २० करोड ७३ लाख ६० हजार टाकामा खरिद गर्ने नाममा ४५ करोड रुपैयाँ हिनामिना गरेको र अवैध स्रोत लुकाएर इच्छुक पक्ष र अज्ञात व्यक्तिलाई हस्तान्तरण गरेको आरोपमा अभियुक्तहरू विरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS