IME Life New

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, केरलामा सबैभन्दा धेरै पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेको छ। अहिले भारतमा कोरोनाका सक्रिय संक्रमित संख्या १ हजार ९ पुगेको छ।

भारतको केरलामा कोरोना संक्रमणको सबैभन्दा धेरै पुष्टि भएका छन्। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार केरलामा सबैभन्दा धेरै सक्रिय केस ४३० छन्। त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ पुष्टि भएका केस छन्।

Esewa
Crest

भारतका १६ राज्यमा कोरोना संक्रमणसम्बन्धी केसहरु देखिएका छन्। समाचार एजेन्सी पीटीआईसँग कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले भने, ‘चिन्ता गर्नुपर्ने केही छैन।’

रावले भने, ‘अवश्य पनि हामीले दक्षिण पूर्वी एसियाली देशहरुमा कोरोना संक्रमणका केसहरु बढ्दै गएको सुनेका छौँ तर त्यहाँ पनि संक्रमण हल्का रहेको छ। भारतमा रिपोर्ट गरिएका केस पनि हल्का छन्।’

रावले सतर्क रहनुपर्ने अवस्था भने रहेको बताए। ‘हामी परिस्थितिलाई निगरानी गरिरहेका छौँ। हामीले केही एड्भाइजरी पनि जारी गरेका छौँ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS