IME Life New

भारतमा पनि कोरोनाको रि–इन्ट्री, सतर्क रहन अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई एसियाली देश हङकङ र सिंगापुरमा कोरोना संक्रमणका घटना तीव्रगतिमा बढिरहेका बेला भारतमा पनि अब डरलाग्दो तथ्यांक देखा पर्न थालेका छन्। यो तथ्यांकले फेरि एकपटक सम्पूर्ण विश्वलाई चिन्तामा पारेको छ।

सिंगापुरमा कोरोना संक्रमणको मामिला २८ प्रतिशत वृद्धि भएको छ भने हङकङमा एक हप्तामा ३१ गम्भीर मामिला रेकर्ड गरिएका छन्।

Esewa
Crest

कोभिड–१९ का अनुमानित मामिलाको संख्या १४ हजार २०० पुगेपछि सिंगापुरलाई उच्च सतर्कतामा राखिएको छ। अस्पताल भर्नाको संख्यामा पनि लगभग ३० प्रतिशतले वृद्धि भएको छ।

यसैबीच भारतमा पनि कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढिरहेका छन्। मे १२ देखि कोरोनाका १६४ नयाँ बिरामी फेला परेसँगै सक्रिय कोभिड केसको कुल संख्या २५७ पुगेको छ। जसमा केरला, महाराष्ट्र र तमिलनाडु अग्रपंक्तिमा छन्।

भारतमा कोरोनाको बढ्दो घटनामा स्वास्थ्य मन्त्रालयले हाल स्थिति नियन्त्रणमा रहेको जनाएको छ। गत सोमबार स्वास्थ्य सेवा महानिर्देशकको अध्यक्षतामा राष्ट्रिय रोग नियन्त्रण केन्द्र, आपतकालीन चिकित्सा राहात विभाग, विपद् व्यवस्थापन कक्ष, भारतीय चिकित्सा अनुसन्धान परिषद् र केन्द्र सरकारका अस्पतालका विज्ञहरुसँग समीक्षा बैठक सम्पन्न भएको थियो।

बैठकपछि जानकारी दिँदै अधिकारीले हाल भारतमा कोभिड–१९ नियन्त्रणमा रहेको दाबी गरे। स्वास्थ्य मन्त्रालयका अनुसार मे १९ सम्म भारतमा सक्रिय संक्रमितको संख्या २५७ थियो। जुन देशको ठूलो जनसंख्यालाई विचार गर्दा धेरै कम संख्या हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS