IME Life New

अमेरिकामा कोरोनाको कहर, हरेक हप्ता औसत ३५० जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट द्रुत गतिमा फैलिन थालेको छ।

अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सीडीसीका अनुसार मार्चको सुरुआतमा अमेरिकाका मुख्य विमानस्थलहरुमा आउने अन्तर्राष्ट्रिय यात्रुमा कोरोनाको नयाँ भेरियन्ट एनबी.१.८.१ देखापरेको थियो। अहिले क्यालिफोर्निया, वासिंटन, भर्जिनिया र न्युयोर्कमा कोरोना संक्रमण फैलिन थालेको छ।

Esewa
Crest

सीबीएस न्युजका अनुसार सुरुमा कोरोना नयाँ भेरियन्ट चीन र एसियाका केही देशमा देखिएको थियो। अहिले भारतलगायत हङकङ, सिंगापुर र ताइवानमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

सीडीसीको तथ्यांकअनुसार गत अप्रिलमा अमेरिकामा कोरोना संक्रमणबाट हरेक हप्ता औसत ३५० जनाको मृत्यु भएको थियो। ‘यो हताहती धेरै हो’, सीडीसीले भनेको छ, ‘तर, संक्रमणमा कमी आउन थालेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना नयाँ भेरियन्टलाई भेरियन्ट अन्डर मोनिटरिङ (भीयूएम)का रुपमा वर्गीकृत गरेको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS