IME Life New

महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघको स्वागत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउँदै उनले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको जनाए । उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

Esewa
Crest

सो अवसरमा महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताइन् । उनले महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताइन् । सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS