IME Life New

रसुवा बाढी प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो भदौं १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गरेको छ । यस दुखद् घडीमा बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति परिसंघले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विपत्तिको समयमा प्रभावित नागरिकहरुलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन परिसंघले Disaster Response Committee स्थापना गरी राहत सामाग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको छ ।

Esewa
Crest

यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गरेको छ । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS