IME Life New

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघले सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ । परिसंघले विज्ञप्तीमा भनेको छ, ‘सदियौं देखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो । यो विशिष्ट पनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न जरुरी छ ।’

कुनै पनि समस्या, असन्तुष्टि वा विवाद वार्ताका माध्यमबाट समाधान भएको उदाहरण प्रशस्त भएको हुँदा कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नहुने हुँदा संयमता अपनाई आपसि सद्भाव कायम राखी मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न परिसंघले सबैमा आह्वान गरेको छ ।

Esewa
Crest

‘मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ । रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ । आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आम नागरिक तथा उद्योग व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन समेत अनुरोध छ, परिसंघले विज्ञप्तीमा भनेको छ’ ।

साथै, मुलुकमा सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्दै सद्भाव कायम गर्न समाजका अन्य संघ संस्थाहरुसँगको सहकार्यमा सद्भाव ¥यालीलगायतका शान्ति स्थापना गर्न सहयोग गर्ने गतिविधि गर्न परिसंघका सबै प्रदेश तथा जिल्ला संघ एवं निजी क्षेत्रका अन्य संघ संस्थाहरुलाई पनि परिसंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS