IME Life New

व्यापार घाटा ६%ले बढ्दा आयात-निर्यातको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको व्यापार घाटा ६ प्रतिशत बढीले बढेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ८ महिना फागुनसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो। समीक्षा अवधिमा मुलुकको व्यापार घाटा ६.२२ प्रतिशत बढेको छ।

Esewa
Crest

वस्तु निर्यातमा भने उल्लेख वृद्धि भएको छ। अघिल्लो वर्ष फागुनसम्म मुलुकबाट १ खर्ब ६१ करोड रुपैयाँको निर्यात भएकोमा समीक्षा अवधिसम्म बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निर्यात ५७.२० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म मुलुकले ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँबराबरको आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आयात ११.२० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा आयात–निर्यात अनुपात ७.२४ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS