काठमाडौं । कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित उपकरणको बिक्री कारोबार गर्दै आएको कम्पनी आरडी सप्लायर्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख ५५ हजार ५५५ रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विषम् परिस्थितिमा हराएकाहरूको खोजी, विस्थापितहरूको राहत, उपचार र पुनःस्थापनाका लागि कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो सहयोग राशी उपलब्ध गराएको हो।












