IME Life New

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य: अध्यक्ष क्षेत्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालकी अध्यक्ष गीता क्षेत्री राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी छन्।

भक्तपुरमा नेसनल प्याब्सन काठमाडौँले आयोजना गरेको ‘प्रभावकारी विद्यालय व्यवस्थापनका लागि नेतृत्व’ सम्बन्धि एक दिने गोष्ठीमा बोल्दै अध्यक्ष क्षेत्रीले विद्यालयका प्रिन्सिपल, इन्चार्ज र शिक्षकहरूलाई समेटेर एकताबद्ध ढंगले अघि बढ्दा मात्र बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने धारणा राखिन्।

Esewa
Crest

उनले भनिन्, “हामी सबै मिलेर अघि बढ्यौं भने मात्र सफलता सम्भव हुन्छ। नेतृत्व व्यवस्थापन भन्दा माथिको तह हो। कसरी विद्यालयलाई अगाडि बढाउने भन्नेमा फरक सोचसहित काम गर्न आवश्यक छ।”

उनले नेपालको संविधानले आधारभूत शिक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यावहारिकरूपमा निजी विद्यालयहरूले त्यसभन्दा उन्नत शिक्षा उपलब्ध गराउँदै आएको उल्लेख गरिन्। “सरकारी विद्यालयहरूले आधारभूत शिक्षा दिइरहेका छन् तर नागरिकको चाहना अनुसार गुणस्तरीय शिक्षा निजी विद्यालयहरूले दिइरहेका छन्,” उनले भनिन्।

अध्यक्ष क्षेत्रीले हालको शिक्षा ऐनले निजी लगानीलाई निरुत्साहित गरिरहेको उल्लेख गर्दै नयाँ शिक्षा ऐनले सबैको अस्तित्वलाई स्वीकार गर्दै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “संविधानले निजी शिक्षालाई आवश्यक भनेको छ तर ऐनले चाहिन्न भन्नेजस्तो देखिन्छ। अबको शिक्षा ऐनले यो विषयमा गम्भीर ध्यान दिनुपर्छ।”

कार्यक्रममा निजी शिक्षाको योगदान, नेतृत्व विकास र विद्यालय व्यवस्थापनका विविध पक्षमा समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS