IME Life New

हवाई दुर्घटनामा मृतकका परिवारलाई दिइने क्षतिपूर्ति बढाएर १ लाख डलर पुर्याउने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख अमेरिकी डलरको प्रस्ताव गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’को मस्यौदामा हवाई दुर्घटनापछि पीडित परिवारले पाउने क्षतिपूर्ति सीमा बढाएर १ लाख डलर प्रस्ताव गरिएको हो। हाल हवाई दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई २० हजार डलर क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ।

Esewa
Crest

प्रस्तावित विधेयकमा यात्राका क्रममा बोर्डिङपश्चात विमानभित्र प्रवेश गर्ने क्रममा वा विमानभित्र रहँदा वा विमानबाट उत्रने क्रममा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा सम्बन्धित वायुसेवा कम्पनीले घटनाका पीडितलाई क्षतिपूर्तिबापत अवस्था हेरी अधिकतम १ लाख डलरसम्म उपलब्ध गराउनुपर्ने उल्लेख छ।

यसैगरी दुर्घटनामा यात्रुको मृत्यु भएमा सम्बन्धित वायुसेवा कम्पनीले क्षतिपूर्तिबापत १ लाख डलरबराबरको रकम मृतकको सबैभन्दा नजिकका हकदारलाई उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ। दुर्घटनाबाट घाइते वा अंगभंग भएमा सम्बन्धित वायुसेवा कम्पनीले उचित उपचारको प्रबन्ध मिलाउनुपर्ने प्रस्ताव पनि विधेयकमा गरिएको छ।

मृत्यु भएमा मृतकको शव निजको परिवारलाई हस्तान्तरण गर्ने दायित्वका साथै उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च तथा मृत्यु संस्कारका लागि मनासिव माफिकको रकम पेश्कीस्वरुप (एडभान्स पेमेन्ट) मृतकको परिवारलाई तत्काल उपलब्ध गराउने दायित्व सम्बन्धित वायुसेवा कम्पनीको हुने प्रस्तावित विधेयकमा उल्लेख छ।

त्यस्तै विधेयकमा वायुसेवा कम्पनीले व्यहोर्नुपर्ने अन्य दायित्व यात्रु र वायुसेवाबीच भएको सहमतिअनुरुप हुने प्रस्ताव गरिएको छ।

मन्त्रालयले विधेयकको मस्यौदा जारी गर्दै सरोकारवाला निकायबाट रायसुझाव माग गरेको छ। यसमा असार २७ गतेसम्म रायसुझाव पठाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS