IME Life New

महत्वपूर्ण सूचकमा ग्लोबल आइएमई र नबिल बैंकलाई दाँजेर हेर्दा ! (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र नबिल बैंकले गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन:

शेयरपुँजीः ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको चुक्तापुँजी ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

जगेडा कोषः ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २७ अर्ब १० करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको जगेडा कोषमा ३४ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः ग्लोबल आइएमई बैंकको रिटेन्ड अर्निङमा ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको रिटेन्ड अर्निङमा ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः ग्लोबल आइएमई बैंकले ६ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले ५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः ग्लोबल आइएमई बैंकले १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा नबिल बैंकले १७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

खुद मुनाफाः ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेकोमा नबिल बैंकले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः ग्लोबल आइएमई बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा नबिल बैंकले ५ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।

किताबी मूल्यः ग्लोबल आइएमई बैंकको किताबी मूल्य १८३.१४ रुपैयाँ छ भने नबिल बैंकको किताबी मूल्य २४७.२८ रुपैयाँ छ।

वार्षिक प्रति शेयर आम्दानीः वित्तीय विवरणका आधारमा ग्लोबल आइएमई बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.३४ रुपैयाँ छ भने नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २८.३६ रुपैयाँ छ।

खराब कर्जाः ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.९६ प्रतिशत हुँदा नबिल बैंकको खराब कर्जा ४.२० प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS