काठमाडौं । एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक विदेशी लगानी भएका दुई वाणिज्य बैंक हुन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक ग्रिन्ड लेजको ४६.८१% हिस्सा रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४०% हिस्सा रहेको छ।
त्यस्तै एभरेष्ट बैंकमा पन्जाब नेसनल बैंकको २०% सेयर स्वामित्व रहेको छ। दुवै बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः
चुक्तापुँजीः एभरेष्ट बैंकको चुक्तापुँजी १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी १० अर्ब ४ करोड रुपैयाँ रहेको छ।
जगेडा कोषः एभरेष्ट बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
रिटेन्ड अर्निङः एभरेष्ट बैंकको रिटेन्ड अर्निङमा ४ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
निक्षेप र कर्जाः एभरेष्ट बैंकले ३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
खुद ब्याज आम्दानीः एभरेष्ट बैंकले ६ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
सञ्चालन नाफाः एभरेष्ट बैंकले ४ अर्ब ९० करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।
खुद मुनाफाः एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ।
वितरणयोग्य नाफाः एभरेष्ट बैंकले ४ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३५ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।
किताबी मूल्यः एभरेष्ट बैंकको किताबी मूल्य २४४.२७ रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको किताबी मूल्य २१८.५९ रुपैयाँ छ।
वार्षिक प्रतिशेयर आम्दानीः एभरेष्ट बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३२.३५ रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक प्रतिशेयर आम्दानी २७.६४ रुपैयाँ छ।
खराब कर्जाः एभरेष्ट बैंकको खराब कर्जा ०.६१ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.८१ प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।












