IME Life New

बढ्दो साइबर बीमाको मागबीच ५%ले घट्यो एसियाभरि व्यावसायिक बीमा दरहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाभरि व्यावसायिक बीमा दरहरु गत त्रैमासिकमा ५ प्रतिशतले घटेको छ। अघिल्लो त्रैमासिकमा बीमा दरहरु ५ प्रतिशतले नै घटेको थियो। यसले अधिकांश प्रमुख लाइनहरुमा निरन्तर नरम बजार अवस्थालाई प्रतिविम्बित गर्दछ।

मार्शको ‘एसिया बीमा बजार दरहरुः २०२५ चौथो त्रैमासिक’ प्रतिवेदनअनुसार यस क्षेत्रका भियतनाम र जापानमा व्यावसायिक बीमा दरहरु बढेका छन्। ती देशमा क्रमशः १५ प्रतिशत र १ प्रतिशतले बीमा दरहरु बढेका छन्। यो अघिल्लो त्रैमासिकमा भियतनाममा ११ प्रतिशत र जापानमा ६ प्रतिशतले गिरावट आएको थियो।

Esewa
Crest

यसैगरी दक्षिण कोरिया र ताइवानमा व्यावसायिक बीमा दरहरुमा सबैभन्दा ठूलो गिरावट देखिएको प्रतिवेदनमा उल्लेख छ। ‘दरहरु क्रमशः १७ प्रतिशत र १६ प्रतिशतले घटेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो त्रैमासिकमा २५ प्रतिशत र १४ प्रतिशतको गिरावट आएको थियो।’

बढ्दो साइबर घटनाहरु र कडा नियामक आवश्यकताहरुका कारण बीमाको माग बलियो बन्दै गएको छ। बीमा कम्पनीहरुले साइबरसँग सम्बन्धित सम्पत्ति क्षति, सामाजिक इन्जिनियरिङ धोखाधडी र आपूर्ति शृंखला आक्रमणहरु समावेश गर्न कभरेज विस्तार गरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS