IME Life New

वाणिज्य बैंकः जेठका लागि ३ वटाले ब्याजदर घटाउँदा ३ वटाले बढाए, बाँकीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबै २० वटा वाणिज्य बैंकले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार ३ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन्। बाँकी १६ वटाले भने वैशाखकै ब्याजदरलाई निरन्तरता दिँदै स्थिर राखेका छन्।

Esewa
Crest

ब्याजदर बढाउनेमा नेपाल बैंक, सानिमा बैंक र एभरेष्ट बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, एभरेष्ट बैंकले ६.६४ प्रतिशत पुर्याएका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल बैंककोे ५.१५ प्रतिशत, सानिमा बैंकको ५.९५ प्रतिशत र एभरेष्ट बैंकको ६.६१ प्रतिशत थियो।

यसैगरी ब्याजदर घटाउनेमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर कुमारी बैंकले ५.७१ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५ प्रतिशत कायम गरेका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर कुमारी बैंकले ५.९२ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत दिएका थिए।

जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकमा एनआईसी एसिया र एनएमबि बैंक रहेका छन्। यी दुवै बैंकले ६.६ प्रतिशत ब्याज दिने भएका छन्।

यसैगरी जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिनेमा नेपाल बैंक रहेको छ। यो बैंकले ५.४५ प्रतिशत ब्याज दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS