IME Life New

कर्मचारीको तलबभत्तामा वाणिज्य बैंकहरुले खर्च गरे करिब साढे ४८ अर्ब, कसले कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्ममा कर्मचारीको तलबभत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँ बढी खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरु वैशाखसम्म कर्मचारीको तलबभत्तामा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ४५ अर्ब ५४ करोड २९ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा बैंकहरुले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम ६.३३ प्रतिशतले बढेको छ।

Esewa
Crest

कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने वृद्धिदरको हिसाबले एनएमबि बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा १५ वटा वाणिज्य बैंकको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ भने ५ वटाको घटेको छ।

चालु आर्थिक वर्षको १० महिनामा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा ३ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यो शीर्षकको खर्च ३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा खर्च २.३६ प्रतिशतले घटेको छ।

यसैगरी कर्मचारीको तलबभत्तामा दोस्रो खर्च गर्ने बैंकमा कुमारी रहेको छ। कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्म ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो खर्च ३ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ थियो। कुमारी बैंकको खर्च पनि १.४ प्रतिशतले घटेको छ।

तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म कर्मचारीको तलबभत्ता ३ अर्ब १५ करोड २५ लाख रुपैयाँ खर्च गरेको बैंकले समीक्षा अवधिसम्म ३ अर्ब १५ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खर्च ३.८ प्रतिशतले बढेको छ।

यसैगरी वैशाखसम्म लक्ष्मी सनराइज बैंकले ३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ, प्रभु बैंकले ३ अर्ब १२ करोड ११ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ११ करोड ७ लाख रुपैयाँ, नबिल बैंकले ३ अर्ब १० करोड ९ लाख रुपैयाँ र कृषि विकास बैंकले ३ अर्ब ८ करोड २४ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कृषि विकास बैंकको खर्च बढ्दा प्रभु बैंक र नबिल बैंकको खर्च घटेको छ।

त्यस्तै समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा एनआईसी एसिया बैंकले २ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ७४ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २९ करोड ५२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ, एभरेस्ट बैंकले १ अर्ब ५० करोड ८ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३६ करोड २६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब २९ करोड ३८ लाख रुपैयाँ र स्ट्यान्डर्ड बैंकले ८७ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ। स्ट्यान्डर्ड बैंकको खर्च घट्दा अरुको बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS