IME Life New

वाणिज्य बैंकहरुको नाफा साढे ३० अर्ब माथि, धेरै कमाउने नबिल अग्रस्थानमा, कुमारीको छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म साढे ३० अर्ब रुपैयाँ नाफा कमाएका छन्।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुको नाफा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१।८२ को पुससम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ११.५१ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएम बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६.५० प्रतिशतले बढेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८८६.५० प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ प्राइमले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा २.०४ प्रतिशत र प्राइमको ९.२७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिमा सिटजन्स बैंक घाटामा रहेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ।

oppo_0

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS