IME Life New

घरजग्गामा वाणिज्य बैंकहरुबाट सवा २ खर्ब कर्जा लगानी, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचक नीति लिँदा पनि घरजग्गामा जाने कर्जा लगानीले गति लिन सकेको छैन। अझै पनि घरजग्गामा कर्जा लगानी सुस्तै देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुबाट चालु आर्थिक वर्ष २०८२।८३ को भदौसम्म २ खर्ब २० अर्ब १७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को भदौसम्म २ खर्ब २२ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १.६७ प्रतिशतले मात्र यो शीर्षकमा कर्जा लगानी बढेको देखिन्छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म घरजग्गामा ११ वटा बैंकको कर्जा लगानी बढेको छ भने ९ वटाको घटेको छ। घरजग्गामा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अगाडि रहेको छ।

चालु वर्षको भदौसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले घरजग्गामा २४ अर्ब ६ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो बैंकले घरजग्गामा २४ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको कर्जा समीक्षा अवधिमा २.८३ प्रतिशतले घटेको छ।

यसैगरी घरजग्गामा दोस्रो धेरै कर्जा लगानी गर्ने बैंकमा प्राइम कमर्सियल बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म १९ अर्ब ४१ करोड ९ लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिमा २३ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ दिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २२.९४ प्रतिशतले बढेको छ।

घरजग्गामा तेस्रो धेरै कर्जा लगानी गर्ने बैंकमा एनआईसी एसिया रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २३ अर्ब ५४ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २७ अर्ब ९५ करोड ५६ लाख रुपैयाँ लगानी गरेको थियो।

अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म कुमारी बैंकले घरजग्गा ९०.७४ प्रतिशतले कर्जा लगानी बढाएको छ। यो बैंकले समीक्षा अवधिसम्म ७ अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु वर्षको भदौसम्म सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंकमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकले १ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS