IME Life New

शक्तिशाली भूकम्पले कोलम्बियामा व्यापक विनाश, आपतकालीन अवस्था घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पले व्यापक विनाश निम्त्याएको छ। ७.४ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ भने धेरैजना भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

घटनाक्रमलाई ध्यानमा राखेर कोेलम्बियामा आपतकालीन अवस्था घोषणा गरिएको छ। अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

Esewa
Crest

कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समयअनुसार आज बिहान ७ः३४ बजे भूकम्प गएको थियो। चोको प्रान्तमा भूकम्पको केन्द्रविन्दु जमिनबाट लगभग १०३ किलोमिटर मुनि रहेको थियो। पश्चिमी कोलम्बियाको सयौँ किलोमिटर फैलिएको ठूलो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमा कफी उत्पादनका लागि प्रसिद्ध पेरेरा सहर र यसको वरपरका क्षेत्र समावेश छन्। भ्याले डेल काउका क्षेत्रमा पनि उल्लेखनीय क्षति भएको छ।

भूकम्पको केन्द्रविन्दुबाट लगभग ५५ किलोमिटर टाढा रहेको पेरेरा सहरमा उल्लेखनीय क्षति भएको छ। स्थानीय अधिकारीहरुका अनुसार पेरेरा सहर र वरपरका क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ र ६५ वटा भवन भत्किएका छन्। यीमध्ये १५ वटा भवनमा मानिसहरु फसेको आशंका गरिएको छ। सहरका केही भागमा कर्फ्यु लगाइएको छ।

पेरेराबाट लगभग १६० किलोमिटर दक्षिणमा अवस्थित काली सहरमा पनि व्यापक क्षति भएको छ। अधिकारीहरुका अनुसार त्यहाँ ३२ वटा भवन भत्किएका छन्। काली भूकम्पको केन्द्रबिन्दुबाट लगभग २०० किलोमिटर टाढा छ।

उद्धार र राहात कार्य जारी छ। भत्किएका भवनमा फसेका मानिसलाई उद्धार गर्न अधिकारीहरुले काम गरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS