IME Life New

हरित हाइड्रोजन उत्पादन संभाव्यता अध्ययनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैकल्पिक उर्जा उत्पादन प्रवर्द्धनका लागि सरकारले हरित हाइड्रोजन उर्जा उत्पादन संभाव्यताको अध्ययन गर्ने भएको छ ।

बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्यमा संभाव्यता अध्ययन गरिने घोषणा गरेका हुन् ।

Esewa
Crest

संघीय संसद बैठकलाइ सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, “विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्यमा ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिनेछ । ”

ग्रिन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्ने सरकारको योजना छ ।

साथै सरकारले सौर्य तथा वायू ऊर्जालाई ब्याट्रीमा सञ्चय गरी राष्ट्रिय प्रणालीमा आवद्ध गरेमा जलाशययुक्त आयोजना सरह विद्युत खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था मिलाइने भएको छ । हाल साैर्य तथा वायू उर्जा सिधै प्राधिकरणको प्रशारण लाइनमा जोडिने गरेको छ।

अब ब्याट्रीमा सञ्चय गरी राष्ट्रिय प्रणालीमा आबद्ध गरेको अवस्थामा जलाशययुक्त आयोजना सरह विद्युत खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने मन्त्री पाैडेलले सदनलाइ जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS